Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिव रेग्मी स्मृति प्रतिष्ठानलाई एक लाख

फिल्मीखबर, काठमाण्डौ, 2014/05/21

शिव रेग्मी स्मृति प्रतिष्ठानमा एक लाख रुपैयाँ संकलन भएको छ । सर्पोटिङ चेपाङ चिल्ड्रेन इन नेपालले अष्ट्रेलियावासी नेपालीद्धारा संकलित रकम शिव रेग्मी स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो । प्रतिष्ठानमा यसअघि केही हजार रकम थियो ।

 

नारायणी कला मन्दिरमा सार्पोटिङ चेपाङ चिल्ड्रेन इन नेपालका संयोजक एलबी क्षेत्रीले अक्षय कोषका संयोजक ऋद्धिचरण श्रेष्ठलाई एक लाखको चेक हस्तान्तरण गरे । श्रेष्ठले अक्षय कोषमा संकलन भएको रकमले फिल्म क्षेत्रमा आवद्ध उत्कृष्ट कलाकारलाई सम्मान गर्ने बताए ।

 

स्व. निर्देशक शिव रेग्मीको नाममा स्थापना भएको शिव रेग्मी स्मृति प्रतिष्ठानले उत्कृष्ट निर्देशक तथा गीतकारलाई सम्मान गर्नेछ । नेपाली फिल्म क्षेत्रमा दर्जनौं सफल फिल्म दिएका निर्देशक रेग्मीको ०७० सालमा देहवसान भएको थियो ।