Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

हेमा भन्छिन्, `सिंहले कुकुरहरूको साथमा शिकार गर्दैन` (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/05/18

जेठ ९ गते रिलिज हुन लागेको फिल्म 'हँसिया'ले अहिले फिल्मी बजार तताईरहेको छ । अभिनेता राजेश हमालले फिल्मको बारेमा खुलेर तारिफ गर्नु, हेमाको एक्सन प्रोमोले प्रतिक्षित बनाउनु तथा लण्डन प्रिमियरबाट सकारात्मक प्रतिक्रिया आउनुले पनि यो फिल्मको उचाई बढ्दो छ ।

 

फिल्म कस्तो बनेको छ ? त्यो प्रदर्शन पश्चात नै थाहा हुनेछ तर यो फिल्मको चर्चाले भने निर्मातालाई खुसी दिने देखिएको छ । सार्वजनिक गरिएको एक्सन मात्र समावेश प्रोमोले ध्यान तानिरहेको बेला निर्माण युनिटले संवाद सहितको प्रोमो रिलिज गरेको छ । प्रोमोमा अभिनेत्री हेमा श्रेष्ठको आक्रोश देख्न सकिन्छ । हेमासहित राजेश हमालले केका लागि आक्रोश पोख्दै छन् ? थाहा पाउन आगामी शुक्रबारसम्म प्रतिक्षा गरौं ।