राष्ट्रको सर्वश्रेष्ठ भनी स्लोगन दिइएको बक्स अफिस अवार्डको कार्यक्रम भने सर्वश्रेष्ठ बन्न सकेन । कमजोर व्यवस्थापन र समय अवधी लामो हुन जाँदा बक्स अफिस अवार्ड पट्यारिलो बन्न पुग्यो ।

डेढ घण्टा ढिला गरी जेठ ३ गते शनिबार आर्मी अफिसर्स क्लबमा साँझ करिब ६ बजेतिर सुरु भएको अवार्ड कार्यक्रम बेलुका ९ बजेसम्म चल्यो । ९ बजेस्मम अवार्ड पाउने निश्चित भएका फिल्मकर्मी तथा अन्य केही बाहिरी आगन्तुक मात्रै कार्यक्रम हलमा टिके । संयोजक आरके सुवेदी ‘वन म्यान आर्मी’ बन्न खोज्दा अवार्ड ग्रहण गरे लत्तगै धेरै जसो टाप ठोके ।
माइलस्टोन अभिनेताको सम्मान पाएका अभिनेता भुवन केसी बिहानैदेखिको खाली पेट पुज्ने भन्दै नव अभिनेताको अवार्ड पाएका छोरो अनमोल केसीलाई लिएर टाप ठोके । लगत्तै अभिनेत्री करिश्मा मानन्धरले पनि हल छोडिन् । फिल्म ‘किन किन’ बाट सह-अभिनेत्री करिश्मालाई कार्यक्रममा बस्न भन्दा हिड्न हतारो थियो ।
उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाले लगत्तै अभिनेत्री रेखा आफ्नो हुलै लिएर कार्यक्रम हलबाट बाहिरिइन् । फिल्मकर्मीको न्यून सहभागीता रहेको बक्स अफिस अवार्डलाई धेरैले हाई काढ्ने अवार्डको संज्ञा दिए ।

