Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाँस्नका लागि `हमजायगा`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/17

नेपालीभाषीहरूको बाहुल्यता रहेको भारतको दार्जीलिग र खरासाङमा निकै चर्चित रहेका चुट्किकाला पात्र दलबहादुर गुरूङ'हमजायगा'को नाममाथी बनेको फिल्म 'हमजायगा' हाल पोस्टप्रोडक्सनमा छ । फिल्म युनिटले भने उनै गुरूङको जीवनीमा फिल्म नबनाएको खुलाएको छ ।

 

 

फिल्मको बारेमा औपचारिक रूपमा जानकारी गराउँदै निर्माण युनिटले हमजायगाको व्यक्तिगत जीवनीमा फिल्म नबनाएको बताएको छ । निर्देशक सुरेन्द्र पुनका अनुसार 'हमजायगा' रोमाण्टिक कमेडीमा आधारित मनोरञ्जनात्मक व्यवसायिक फिल्म हो । फिल्मको कथामा भने हमजायगा पात्रको केहि तथ्य भेटिने बताईएको छ ।

 

 

बाबु बोगटी, विल्सन विक्रम राई, पार्वती राई, रिचा धिताल, मनोज आरसी, प्रज्वल गिरी, रवि गिरी, रामचन्द्र अधिकारी, रेशम फिरिरी लगायतको अभिनय रहेको यो फिल्मको कथा निर्देशक पुनले नै लेखेका हुन् । बाबु श्रेष्ठको छायाँकन, योगेन्द्र श्रेष्ठको द्धन्द निर्देशन तथा कमल राईको करियोग्राफी रहेको यो फिल्मलाई टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रूपमा निर्माण गरेका हुन् ।