Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघ चितवन शाखाको अध्यक्षमा अधिकारी

फिल्मीखबर, चितवन, 2014/05/16

चलचित्र पत्रकार संघ चितवन शाखाको प्रथम अधिबेशन शुक्रबार चितवनको रत्ननगरमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्ष पदमा रविचन्द्र अधिकारी निर्विरोध चयन भए ।


चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशक समाजका निबर्तमान अध्यक्ष बिमल पौडेल,चलचित्र पत्रकार संघका संगठन उपाध्यक्ष बिष्णु सुबेदी,संघका सल्लाहकार मुक्तिलाल पिया,चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहालको उपस्थित रहेको थियो । कार्यक्रममा संघका अध्यक्ष शान्तिप्रियले शाखासंग समन्वयन गरेर चलचित्र पत्रकारको हकहितका लागि काम गर्ने प्रतिबद्दता गरे ।

संघको प्रथम अधिबेशनले आगामी ३ बर्षे कार्यकालका लागि रवि अधिकारीको अध्यक्षमा नौ सदसिय कार्य समिति गठन गरेको छ । नबनिर्बाचित कार्यसमितीको उपाध्यक्षमा रामेश्वर रिजाल, सचिब गोबिन्द अर्याल, कोषाध्यक्ष हरि कार्की, सह-सचिबमा सागर ढुंगाना, सदस्यमा ज्ञानेन्द्र तामाङ, सन्दिप भट्ट, केशब लोहनी र सुरेन कुवँर रहेका छन् ।