Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

चलेनन् फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/05/17

यो साता फिल्मी बजारको कारोबार उच्च रहेन । प्रदर्शनमा आएका आएका तीन फिल्म 'अकाल', ‘दमदार’ र रेड ‘मनसून’ मध्ये ‘दमदार’ को व्यापार केही उच्च रह्यो । राम्रो प्रतिक्रिया पाएको ‘रेड मनसून’को व्यापार भने न्यून हुन पुग्यो ।

 

यस्तै दुई साता अघि प्रदर्शनमा आएका फिल्म 'वर्ल्ड कप इन नेपाल' र 'माया गर ल'लाई दर्शकले माया गरेनन् । यि दुबै फिल्मको व्यापार अत्याधिक न्यून रह्यो । उता बर्षको शुरूवातमा प्रदर्शनमा आएका दुई फिल्म 'नोभेम्बर रेन' र 'कबड्डी'ले भने बक्स अफिसलाई गर्मायो । यसअघि 'नाईं नभन्नु ल २' ब्लकबस्टर भएको थियो ।

 

यो शुक्रबार प्रदर्शनमा आएका ‘आवरण’, ‘पीपल’, ‘ठूलो मान्छे’ र ‘खुड्किलो’ले ओपनिङ कलेक्सन गतिलो गर्न सकेन । सुस्त देखिएको बक्स अफिसमा एकैसाथ ४ फिल्म रिलिज हुनुले पनि दर्शकको चाप कम रहेको विश्लेषण गरिएको छ । आगामी साता रिलिज हुने दुई फिल्म 'हँसिया' र 'मेरो बेस्ट फ्रेण्ड'लाई दर्शकले आफ्नो बेस्ट बनाउलान् त ?