Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म नबन्दै रिलिजको लडाइँ

फिल्मीखबर, काठमाण्डौ, 2014/05/17

फिल्मको छायाँकन सुरु भएको छैन । तर, यहाँ रिलिजको लडाइँ सुरु भएको छ । आउने साल ०७२ को नयाँ वर्षलाई तीन फिल्मले दाउ छोपेका छन् । विकास आचार्यको ‘नाइँ नभन्नू ल ३’, छवि ओझाको ‘हवल्दार सुन्तली’ र झरना थापाको ‘ए मेरो हजुर २’ ०७२ सालको मुख ताक्ने फिल्म हुन् ।

 

प्रि-प्रोडक्सनमा रहेको यी फिल्म केही साताको अन्तरमा छायाँकनमा जाँदैछन् । ०७१ सालको नयाँ सालमा रिलिज गरेर ‘नाईं नभन्नू ल २’ लाई सुपरहिट बनाएका विकास आचार्य ०७२ सलाको नयाँ वर्ष पनि आफ्नो पोल्टामा पार्ने दाउमा छन् । अनुभव रेग्मी र सुज्ञानी भट्टराईलाई मुख्य भूमिकामा प्रस्तुत गर्ने गरी विकासले ‘नाईं नभन्नू ल ३’ को कथा लेख्न सुरु गरिसकेका छन् । विकासकै लगानी रहने यो फिल्ममा निर्देशन भने मुस्कान ढकालको हुने संभावना छ ।

 

यही महिनादेखि छायाँकन प्रारम्भ हुने भनिएको ‘हवल्दार सुन्तली’ का निर्देशक ऋषि लामिछाने हुन् । छविको ओझाको फिल्ममा ‘हवल्दार सुन्तली’को शिर्ष भूमिकामा शिल्पा पोखरेल छिन् । सथामा सविन श्रेष्ठ र किशोर खतिवडा हुनेछन् । आफ्नै सहकर्मीबाट बलात्कृत सुन्तली धामीको जीवनीमा यो फिल्म निर्माण हुने बुझिएको छ ।

 

शिव रेग्मी निर्देशित फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल ‘ए मेरो हजुर २’ लाई अभिनेत्री झरना थापाले निर्देशन गर्नेछिन् । झरना यतिबेला कलाकार एवं स्क्रिप्ट फाइनलको चरणमा छिन् । झरनाका पति निर्माता सुनिल कुमार थापाले आउँदो वर्ष ०७२ सालको नयाँ वर्षमा आफ्नो फिल्मलाई कुनै पनि हालतमा रिलिज गर्ने बताएका छन् ।