Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धुर्मुसले फिल्म निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/05/17

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले फिल्म निर्देशन गर्ने भएका छन् । सिताराम यतिबेला फिल्मको कथा फाइनल गर्नमा व्यस्त छन् । तर, उनले फिल्म बारे थप नखुलाउने बताए ।

 

साप्ताहिक हाँस्य टेलिफिल्म ‘मेरी बास्सै’ एवं आधा दर्जन म्यूजिक भिडियोका निर्देशक कट्टेलले भने, ‘फिल्मको कथा केलाउँदै छु । दुई वटा कथा छन् । एउटाको स्क्रिप्ट लगभग फाइनल भैसक्यो ।’ निर्माण समेत आफ्नै रहने सितारामले निर्देशन गर्ने फिल्म चलिरहेको ‘ट्रेन्ड’ भन्दा फरक हुनेछ । सबै कुरा योजनावद्ध रुपमै भए यही वर्षको असारबाट फिल्मको छायाँकन सुरु हुनेछ ।

 

सितारामले अभिनय गरेका २ वटा फिल्म फिल्म ‘छ एकान छ’ र ‘नाईं नभन्नू ल २’ व्यवसायिक सफल भए । हाँस्य कलाकारको फिल्म ‘छ एकान छ’ मा कामदारको भूमिका निभाएका सिताराम ‘नाईं नभन्नू ल २’ मा भिन्न-भिन्न तीन वटा भूमिका प्रस्तुत भएका थिए । दुवै फिल्म व्यवसायिक रुपमा सफल भएसँगै सिताराम आफै फिल्म निर्माण तथा निर्देशन गर्न हौसिएका हुन् ।