‘आहा ! कति राम्री नन्दिता,’ एक जना सञ्चारकर्मीले फुत्काइहाले । यो प्रशंसनिय वाक्यले नन्दिता मुस्कुराइन् मात्रै । कार्यक्रमको अवधिभर नै नन्दिताको पहिरन बारे चर्चा भैरह्यो । नन्दिता मुस्कुराइ रहिन् ।

फिल्म ‘रेन्जर’ को शुभ साइतमा सहभागी हुन आएकी अभिनेत्री नन्दिता केसीको पहिरनले सबैको ध्यान तान्यो । लाइकरा बुटिक फेसन हाउसको डिजाइनमा नन्दिताले उक्त पहिरन तयार गरेकी हुन् । सार्वजनिक कार्यक्रममा सहभागी हुँदा नन्दिता आफ्नो पहिरनमा विशेष ध्यान दिन थालेकी छिन् ।
‘रेन्जर’ मा नन्दितासँगै अभिनेत्री सौजन्य सुब्बाको मुख्य भूमिका रहनेछन् । साथमा जेनी कुँवर, पुष्कर भट्ट, शुरविर पण्डित, दिनेश जंग खड्का, बिमला गिरी, अच्युतराज अर्याल, भाष्कर बाँनिया, सुरज सिंह, भावना गुरुङ, निरज भण्डारीको अभिनय रहनेछ । सरोज पौडेलले निर्देशन गर्ने फिल्मलाई सीता सिम्खडाले निर्माण गर्नेछिन् ।

नेपाली सुरक्षा संयन्त्रको अमर कथामा ‘रेन्जर’ निर्माण हुने निर्मात्री सिम्खडाले बताइन् । काँग्रेस नेता खुमबहादुर खड्काले ‘रेन्जर’ शुभ मूर्हत गरे । रामशरण उप्रेतीको छायाँकन रहने फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन गर्नेछन् । ‘रेन्जर’ को कथा कलाकार सुशील पोखरेलले लेखेका हुन् । संगीत विकास चौधरीको छ ।

