Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंकाको ‘आवरण’ हेर्न जोडी नै जोडी

फिल्मीखबर, काठमाण्डौ, 2014/05/16

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘आवरण’ को बिहिबार साँझ विशेष शो गरियो । ‘आवरण’को उक्त विशेष शो विशेष नै रह्यो । ‘आवरण’ हेर्न जय नेपाल हल पुगेका कलाकारको जोडीले धेरैको ध्यान तान्न सफल रह्यो ।

 

कलाकार दयाहाङ र उनकी जीवनसाथी, मिस नेपाल तथा अभिनेत्री मलिना जोशी र अभिनेता अनुप विक्रम शाही एवं कलाकार संयम पुरी र भिजे आस्मा दाहालको जोडीले फोटो पत्रकारको ध्यान तान्यो । अभिनेत्री प्रियंका कार्की र बाल कलाकार अनुभव रेग्मीको प्रेम पनि हेर्न लायकको रह्यो ।

 

सुवास कोइराला निर्देशित फिल्म ‘आवरण’ हेर्न जय नेपाल हलमा फिल्म युनिट, फिल्मकर्मी, कलाकार एवं सञ्चारकर्मीको उल्लेख्य सहभागीता थियो । ‘आवरण’ अभिनेत्री प्रियंका कार्कीेदेखि ‘मुखौटा’का अर्पण थापा र निशा अधिकारीे, मिस नेपालद्धय सदिक्षा श्रेष्ठ र मलिना जोशीले माहोललाई गर्माएका थिए ।

 

सस्पेन्स फिल्म ‘आवरण’ मा प्रियंकासँगै दिव्यदेव, एमएस अग्रज, नरेश पौड्याल, रश्मी भट्ट लगायतको अभिनय रहेको छ । फिल्मलाई अनिल योञ्जनले निर्माण गरेका हुन् ।