Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

दिपाको साइत जुर्यो !

फिल्मीखबर, काठमाण्डौ, 2014/05/14

अभिनेत्री दिपाश्री निर्रौलाले साइत जुराएकी छिन् । यो साइत दिपाको नभएर उनले एक वर्ष अघि किनेको घरको जुरेको हो । वानेश्वर हाइटमा रहेको तीन तले घरमा दिपाले साइत जुराएर घर पूजा गरिन् ।

 

बुद्व जयन्तीको दिन पारेर दिपाले घर पूजा, होम, बास्तुपूजा, सत्य नाराणको पूजा लगाएकी हुन् । दिपाको घर पूजामा सर्कलका साथीभाई, हाँस्य कलाकर, केही फिल्मकर्मी तथा आफन्त सहभागी थिए । ‘काठमाण्डौंमा घर किन्ने, आफ्नै मेहनतले गाडी चढेर हिड्ने सपना पूरा भयो’, दिपाले भनिन्, ‘जीवनमा धेरै दु:ख गरियो, भगवानले साथ दिएर यो स्थानसम्म आईपुगेकी छु । सबै दर्शक र स्रोतालाई धन्यवाद भन्न चाहन्छु ।’

 

दिपाको घर किन्ने र गाडी चढ्ने सपना पूरा भयो । पुजाको साइत पनि जुर्यो । विवाहको साइत चाहिं कहिले जुर्ला त ? दिपाले हाँस्दै भनिन्, ‘मिथिला दिदी, राजेश हमालको त भर्खर साईत जुर्दै छ । मेरो पनि विस्तारै जुर्ला नि !’