Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई नृत्यकार संघको छुट्टाछुट्टै सम्मान

फिल्मीखबर, काठमाण्डौ, 2014/05/14

चलचित्र नृत्यकार संघ र चलचित्र नृत्य निर्देशक संघले छुट्टाछुट्टै कार्यक्रम गरी दुई वरिष्ठ नृत्य निर्देशकलाई सम्मान गरेका छन् । नृत्यकार संघले बसन्तजंग रायमाझी र नृत्य निर्देशक संघले भैरव बहादुर थापालाई छुट्टाछुट्टै सम्मान गर्यो ।

 

 

शंखमुलस्थित नृत्यकार संघको कार्यालयमा वृद्ध नृत्य निर्देशक रायमाझीलाई खादा तथा अविर लगाएर सम्मान पत्र हस्तान्तरण गरियो । वुद्ध जयन्तीको अवसर पारेर गरिएको बधाई तथा सम्मान कार्यक्रममा विकास वोर्डमा नियुक्त सदस्य अभिनेत्री रुपा राना, सेन्सर वोर्डका सदस्य अभिनेत्री मेलिना मानन्धर, निर्देशक सुरेशदर्पण पोखरेल र राजेन्द्र केसी  तथा द्धन्द कलाकार संघका नवनिर्वाचित अध्यक्ष योगेन्द्र श्रेष्ठलाई सम्मान गरियो ।

 

 

नृत्यकार संघको कार्यक्रममा अध्यक्ष दिनेश पाख्रिनले छुट्टै कार्यक्रम गरिरहेको नृत्य निर्देशक संघप्रति अक्रोश पोखे । अध्यक्ष पाख्रिनले भने, ‘नृत्य निर्देशक संघ भन्ने चिन्दै नचिनेको संघ के हो ? त्यो कहाँ छ ? संस्थाका टाउकेको सहयोग रहेको संघ यता छ । संघले सामाजिक हक र अधिरकारको लागि काम गर्नुपर्छ ।’

 

पाख्रिनको कार्यक्रममा निर्माता, प्राविधिक र द्धन्द्ध कलाकार संघका अध्यक्षको उपस्थिति रहेको थियो । अध्यक्ष पाख्रिनले चुनावमा भाग लिइ जितेर संस्था चलाउन चुनौती दिए ।