Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मेरो बेस्ट फ्रेन्ड` बिना कैंची सेन्सर फुकुवा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/14

‘मेरो बेस्ट फ्रेन्ड’ फिल्मको सेन्सर फुकुवा भएको छ । प्रशन्न पौडेल निर्देशित ‘मेरो बेस्ट फ्रेन्ड’ लाई सेन्सर वोर्डले पिजी प्रमाण पत्र उपलब्ध गरायो । फिल्ममा समावेश हिंसाका दृश्यका कारण ‘मेरो बेस्ट फ्रेन्ड’ ले उक्त प्रमाणपत्र पाएको हो ।

 

 

‘मेरो बेस्ट फ्रेन्ड’ मा समावेश कुनै पनि संवाद तथा दृश्यमाथि सेन्सर वोर्डले कैंची नचलाएको सेन्सर सदस्य सुरेश दर्पण पोखरेलले बताए । उनले भने, ‘हामी कैंची चलाउने भन्दा पनि सर्टिफिकेट दिने अभ्यासमा छौं ।’ जेठ ९ गते अल नेपाल प्रदर्शनमा आउने फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ मा प्रियंका कार्की, केकी अधिकारी, रेश मरठ्ठा, दिवस उप्रेती, विम्लेश अधिकारी लगायतको अभिनय छ ।

 

‘मेरो बेस्ट फ्रेन्ड’ प्रियंकाको पहिलो फिल्म हो । पहिलो फिल्मसँग प्रियंकाकै अर्को फिल्म ‘हँसिया’ जेठ ९ मा प्रदर्शन हुँदैछ । ‘हँसिया’ मा प्रियंकाले आइटम नृत्य मात्रै पस्किएकी छिन् । ‘मेरो बेस्ट फ्रेन्ड’ र ‘हँसिया’ को व्यापार कस्तो होला ?