Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

रेखा र छविको चेपुवामा हिरोदेखि निर्देशकसम्म

फिल्मीखबर, काठमाण्डौ, 2014/05/14

अभिनेत्री रेखा थापा र निर्माता छवि ओझा बिचको वाकयुद्ध वाफ बनेर पानी बन्ने क्रममा छ । रेखा र छविको मनमुटाव पत्रपत्रिकादेखि फेसबुकको भित्तासम्म छरपस्ट भए ।

रेखा र छविको निकट हुनेहरुको गन्थनमा सुनिन्छ, ‘उनीहरु अब व्यवसायिक रुपमा समेत एकै छाना मुनि रहने छैनन् ।’ बेला बेलामा जुट्ने र फुट्ने भैरहने रेखा र छविको सम्बन्धको अहिलेको फुटाइ भने चानचुने नभएको भन्नेहरु धेरै छन् । रेखा र छविको सम्बन्ध भोली जे होला ? समयले बताउनेछ । तर, रेखा र छविको फुटले उनीहरुको निकटमा रहनेहरुलाई भने निकै कष्ट पारिरहेको सुन्नमा आएको छ ।

रेखा र छविको निकट मानिने निर्देशक सविर श्रेष्ठ अनि हिरोद्धय सविन श्रेष्ठ र किशोर खतिवडालाई दुवैतर्फ सम्बन्ध टिकाइ राख्न धर्मसंकट परेको बुझिएको छ । छविसँग नजिकियो रेखा रिसाउने डर, रेखासँग नजिकियो छवि रिसाउने डर । त्यसैले यी तीनको सम्बन्ध अहिले दुवैसँग त्यती बाक्लो छैन ।

सविर, सविन र किशोर तीनै जना निर्माता ओझाको प्रोडक्ट हुन् । फिल्म ‘कसले चोर्यो मेरो मन’ बाट सविरले निर्देशक र किशोरले हिरोको रुपमा रजतपटमा डेव्यु गर्ने अवसर पाएका थिए भने सविन ‘रावण’ फिल्मबाट हिरो भएका हुन् । दुवैतर्फ सम्बन्ध जोगाइ राख्ने धर्मसंकट हुँदाहुँदै पनि सविर, सविन र किशोरले रेखा र छविको साथमा काम भने गरि नै रहेका छन् ।

‘हिम्मतवाली’ रेखालाई लिएर सविर ‘तथास्तु’ को निर्माण तथा निर्देशन गर्दैछन् । जहाँ हिरोको रुपमा किशोर फाइनल भैसकेका छन् । ‘तथास्तु’ मा सविनको पनि इन्ट्री हुने सम्भावना रहेको बताइन्छ । त्यस्तै छविको अर्को फिल्म ‘हवल्दार सुन्तली’मा सविन र किशोर पक्का भैसकेका छन् ।

 

शिल्पा पोखरेलको शिर्ष भूमिका रहने छविको फिल्म ‘हवल्दार सुन्तली’लाई ऋषि लामिछानेले निर्देशन गर्नेछन् । त्यसैले अहिले फिल्म बजारमा भन्न थालिएको छ,‘रेखा र छविको चेपुवामा तीन’।