अभिनेता भुवन केसीको काजोल फिल्मस् ब्यानरबाट 'ड्रिम' (सपना) नामक फिल्म निर्माण हुने भएको छ । जसको निर्देशन अभिनेता केसी स्वयमले गर्नेछन् । भुवनको ‘ड्रिम’ प्रोजेक्टमा छोरो अनमोल केसीको मुख्य भूमिका रहनेछ ।
कालोज फिल्मससँग फिल्म निर्माणमा सहकार्य गरेका रबि बस्नेतले ‘ड्रिम’ प्रोजेक्टबारे जानकारी दिएका हुन् । समसामायिक साँगीतिक लभ स्टोरीको फिल्ममा अनमोल सहित अन्य दुई नव हिरोइनको मुख्य भूमिका रहनेछ । जसको नाम निर्माण युनिटले सार्वजनिक गर्न चाहेको छैन । ‘होस्टेल’ डेव्यु अनमोल यतिबेला ‘आश’ को छायाँकनमा व्यस्त छन् ।
प्रदीप भारद्वजको कथा रहेको फिल्मको हाल संगीत संयोजन भैरहेको छ । बसन्त सापकोटा फिल्मका संगीतकार हुन् । तिहारमा रिलिज गर्ने गरी ‘ड्रिम’ को आउँदो असार महिनको पहिलो सातासम्म छायाँकन सुरु हुने निर्माता बस्नेतले बताए । भुवनको ‘ड्रिम’ प्रोजेक्ट महंगो हुने बताइएको छ ।

