निर्देशक आलोक नेम्वाङले फिल्म 'अझै पनि'लाई गाउँले परिवेशमा खिचिरहेका छन् । गाँउले स्वादमा निर्माण भईरहेको 'अझै पनि' का सार्वजनिक सुटिङ तस्बिरहरुले गाउँले परिवेशको सुन्दरतालाई झल्काएको प्रस्ट देखिन्छ ।
सुदर्शन थापा प्रोडक्सनले निर्माण गरेको यस फिल्मको सुटिङ विगत १५ दिनदेखि काठमाण्डूको धर्मस्थली गाविसमा भईरहेको छ । फिल्म निर्देशकको परिचय बनाएर चर्चा बटुलिसकेका सुदर्शन थापा यस फिल्ममा मुख्य अभिनेताका रुपमा छन् । अभिनेता थापाको सहकार्यमा कष्ट्यूम डिजाईनर पूनम गौतमले फिल्ममा लगानी गरेकी छिन् ।
सुदर्शनसहित फिल्ममा पूजा शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, विपना धिमाल,पुष्प खड्का, विशाल ढुंगानालगायतले अभिनय गरिरहेका छन् । यो फिल्ममा बिजय लामा, मिथिला शर्मा र रामशरण पाठकलाई पनि देख्न सकिन्छ । फिल्मलाई राजेश श्रेष्ठले खिचिरहेका छन् ।
.jpg)
.jpg)
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)

