Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

किन सर्यो `मुखौटा` ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/12

यहि जेठ १६ गते रिलिज हुने भनिएको फिल्म 'मुखौटा' सरेर जेठ ३० मा पुगेको छ । निर्माता रबिन श्रेष्ठले फिल्मको रिलिज डेट पोस्टपोण्ड भएको जानकारी गराए ।


पब्लिसिटीको चरम बिन्दूमा पुगेको बेला रिलिज डेट किन पोस्टपोण्ड गरियो त ? निर्माता श्रेष्ठ भन्छन्, 'प्राबिधिक रूपमा फिल्मलाई अझै सबल बनाउन चाहन्छौं । हतार गरेर फिल्म देखाउँदा कमीकमजोरी देखिन सक्छ । दर्शकसामु आउँदा फिल्म हरेक पक्षबाट सबल होस् भन्ने हाम्रो इच्छा हो ।' फिल्मको पब्लिसिटी पनि अझै नपुगेकोले पनि रिलिज सारेको निर्माताको भनाई छ ।

 

अभिनेता अर्पण थापाले निर्देशन गरेको यो फिल्मको अहिले पोस्टप्रोडक्सनको काम अन्तिम चरणमा छ । काठमान्डौका माफियाहरूको कथामा बनेको यो फिल्ममा राजेश हमाल, सुनिल थापा, रविन तामाङ, सौगात मल्ल, अर्पण थापा, दयाहाङ राई, निशा अधिकारी, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्रकारको मुख्य भूमिका रहेको छ ।