Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्लै हिड्न थाले रेश

फिल्मीखबर, काठमाण्डौ, 2014/05/12

अभिनेता रेश मरठ्ठालाई यतिबेला भ्याइ नभ्याइ छ । आफू अभिनित फिल्म ‘मेरो बेष्ट फ्रेन्ड’ को प्रचारले रेशलाई व्यस्त बनाएको हो । दुवै हिरोइन प्रियंका कार्की र केकी अधिकारी फिल्मको छायाँकनमा व्यस्त भएपछि रेशलाई ‘मेरो बेस्ट फ्रेन्ड’ प्रचारको चटारोले छोएको छ ।

 

 

दशरथ रंगशालामा पुगेर रेशले ‘मेरो बेस्ट फ्रेन्ड’ को प्रचार गरे । तीन दिनसम्म दशरथ रंगशालामा चलेको खेलकुद महोत्सबमा रेशले विशेष अतिथिको आतिथ्य लिएका थिए । खेलकुद महोत्सबको समापनमा पनि रेश सहभागी भए । उनले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे । खेलाडीहरुलाई रेशले भनिदिए, ‘म तपाइँको बेस्ट फ्रेन्ड त्यसैले मेरो बेस्ट फ्रेन्डलाई हलमा गएर हेरिदिनु होला ।’

 

‘मेरो बेस्ट फ्रेन्ड’ प्रचारको लागि रेश कलेज, फेशन शोदेखि खेलकुद कार्यक्रममा समेत सहभागी भैरहेका छन् । प्रसन्न पौडेल निर्देशित ‘मेरो बेस्ट फ्रेन्ड’ मा रेशसँगै अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, विमलेश अधिकारी लगायतको मुख्य भूमिका रहेको छ । यो फिल्म जेठ ९ गते रिलिज हुँदैछ ।