Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात, केकी, प्रियंका र दयालाई पोखरामा `मस्ती`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/12

सौगात मल्ल, दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारी यतिबेला ‘फन्को’ फिल्मको छायाँकनको लागि पोखरामा छन् । प्रमोद खरेलले गाएको ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ गीत विपरीत यो समुह पोखरामा मस्ती गर्दैछ ।

 

 

‘आवरण’ अभिनेत्री प्रियंका कार्कीले पोखरामा खुवै रमाइलो भइरहेको सुनाइन् । दोहोरी साँझ सञ्चालकको भूमिका निर्वाह गरिरहेकी प्रियंकाले भनिन्, ‘हामी चार जना भएपछि आफैं रमाइलो हुन्छ ।’ अभिनेता दयाहाङ राईले भने आफ्नो भूमिकासँग रमाइलो भैरहेको बताए । उनले भने, ‘म गाडी राम्ररी हाँक्न सक्तिन तर गाडी हाँक्नु पर्ने रोल छ । हल्का रमाइलो गर्दै गाडी हाँक्ने रोल गर्दैछु ।’

 

प्रचण्ड गर्मीमा पनि पोखरामा रमाइलो भैरहेको दयाले सुनाए । ‘फन्को’ मा दयाले राजनीतिक कार्यकर्ताको भूमिका निभाएका छन् । अभिनेता सौगात मल्ल जिप ड्राइभर र अभिनेत्री केकी अधिकारी समाजिक कार्यकर्ताको भूमिकामा छन् । सौगात, केकी र प्रियंकाले ‘श्री ५ अम्बरे’ मा एकसाथ अभिनय गरेका छन् । सुवर्ण थापा निर्देशित ‘फन्को’ को छायाँकन अझै एक साता पोखरामा हुनेछ ।

 

 

हरी लामाले छायाँकन गर्दै गरेको फिल्मको छायाँकन पोखरादेखि काठमाण्डौ शहरसम्मको सडकमा हुनेछ । सौगात, केकी, दया र प्रियंकासँगै ‘फन्को’ मा अनुप बरालको मुख्य भूमिका रहेको छ । फिल्म छायाँकनको लागि ‘फन्को’ युनिट एक साता पहिले पोखरा पुगेको हो ।