Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(43 votes, avg 4.93/5.00)
Text size:-
+
-

कर्मसँग नम्रता `कुल`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/11

केही साता अगाडीसम्म अभिनेत्री नम्रता श्रेष्ठ बिरामी परेको खबर थियो । फिल्म ‘नोभेम्वर रेन’ प्रदर्शन भैरहँदा अभिनेत्री श्रेष्ठ भने पोखरामा ‘रेष्ट’ लिदै थिइन् । पत्थरीको अप्रेसन पश्चात पेटमा पाइप राखेकी नम्रताको स्वास्थ्य पूर्ण रुपमा अझै साता लाग्नेछ ।

 

 

अस्वथताकै कारण ‘अधकट्टी’ फिल्मको गीत छायाँकनलाई नम्रताले पर सारिरहेकी छिन् । अस्वस्थ नम्रता चलचित्र संघको ४२ औ साधारण सभाको ‘कक्टेल’ डिनर पार्टीमा भने ‘कुल कुल’ भएर प्रस्तुत भइन् । उनी अभिनेता कर्मसँग ललितपुरको मोक्ष हाउसमा पुगेकी थिइन् । नम्रता र कर्म चलचित्र संघका नव निर्वाचित अध्यक्ष नकिम उद्धिनलाई बधाई दिन त्यहाँ पुगेका थिए ।

 

नम्रता र कर्मलाई नेपाली रजतपटमा प्रवेश गराउन अध्यक्ष उद्धिन नै हुन् । उद्धिनको ‘सानो संसार’ फिल्ममा नम्रता र कर्मले पहिलो पटक अभिनय गरेका थिए । ढिलो गरी पुगेका नम्रता र कर्म डिनर गरेर बाहिरिए । नम्रता र कर्म सँगै पार्टीमा पुग्दा गाईंगुईं भने चल्यो ।