Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

ओफा अवार्डमा अनुभव र सुज्ञानी नाच्दै

फिल्मीखबर, काठमाण्डौ, 2014/05/11

आउँदो जेठ २६ गते हुन लागेको दोस्रो संस्करणको 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७१' मा ब्लकबस्टर फिल्म 'नाईं नभन्नु ल २'का बाल अभिनेता अनुभव रेग्मी र बाल अभिनेत्री सुज्ञानी भट्टराईले आफ्नो प्रस्तुती पस्कने भएका छन् ।

 


शनिबार मैतिदेवीस्थित डान्स फेबरमा करियोग्राफर कविराज गहतराजले अनुभव र सुज्ञानीलाई नृत्यका स्टेपहरू सिकाए । 'गत बर्षको अन्त्यतिर रिलिज भएको 'नाईं नभन्नु ल २'को हिट गीतमा अनुभव र सुज्ञानीले आफ्नो कला प्रस्तुत गर्ने भएका हुन् । 'स्टेप सजिलै समातेका छन्,' करियोग्राफर कविराजले भने, 'अवार्डमा यि दुईको प्रस्तुती भिन्न हुने विश्वास लिएको छु ।'

 

यस्तैगरी अवार्ड समारोहलाई आकर्षक बनाउन बर्ष ०७० कै हिट गीत 'स्लोली स्लोली'मा अभिनेता यशराज गरच र नव अभिनेत्री बर्षा सिवाकोटीले आफ्नो कम्मर मर्काउने छन् भने अभिनेता गजित बिष्ट, अभिनेत्री निश्मा घिमिरे र करियोग्राफर गम्भिर बिष्टको बिशेष प्रस्तुती हुने भएको छ ।

 

 

लाइफ टाईम अचिभमेन्ट अवार्ड सहित कुल २० बिधामा अवार्ड वितरण हुने सो समारोहमा बाल गायक प्रेम परियारले पनि आफ्नो गायक कला प्रस्तुत गर्नेछन् । कमलादीस्थित प्रज्ञा भवनमा हुने उक्त अवार्ड समारोहमा सिंगो फिल्म क्षेत्रको उपस्थिती हुने अवार्डका निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए । अवार्डको नोमिनेसन यसै साता सार्वजनिक हुँदैछ ।