Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघको बार्षिक साधारण सभा : अध्यक्षमा नकिम उद्धिन

फिल्मीखबर, काठमाण्डौ, 2014/05/10

चलचित्र संघको अध्यक्षमा नकिम उद्धिन सर्वसम्मत चयन भएका छन् । वैशाख २७ गते बसेको ४२ औं बार्षिक साधारण सभाले उद्धिनलाई संघको १२ औं अध्यक्ष पदमा चयन गरेको हो ।

 

 

संघलाई मर्यादित ढंगले अगाडी बढाएर लैजाने अध्यक्ष भए लगत्तै दिएको अभिव्यक्तीमा उद्धिनले उल्लेख गरे । उनले भने, ‘संघलाई सिस्टममा अगाडी बढाउनेछु । आधुनिक किसिमले संघलाई अगाडी बढाउने मेरो लक्ष्य छ ।’ उनले संघको गतिविधि इन्टरनेट मार्फत जानकारी गराइने बताए ।

 

हल सञ्चालकको छाता संगठन चलचित्र संघको ४२ औँ बार्षिक साधारण सभाले अध्यक्ष सहित अन्य कार्यसमिति पदाधिकारीको पनि चयन गरेको छ । ३ वर्षिय कार्यकालका लागि १४ पदका पदाधिकारी निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यतर्फ देबेन्द्र खड्गी, अशोक शर्मा, अर्जुन श्रेष्ठ, निरज पौडेल, मधुसुदन प्रधान, गोविन्द श्रेष्ठ, नारायण प्रसाद शर्मा, मिजास पोखरेल, वीरेन्द नारायण श्रेष्ठ छन् ।

 

 

प्रदर्शन समिति सभापतिमा त्रिरत्न मानन्धर र प्रदर्शन समिति उपसभापतितर्फ शैलेन्द कुमार कर्माचार्य चयन भएका छन् । त्यस्तै वितरण सभापतिमा हरिराम बराल, उपत्यका सभापतिमा गोपालकाजी कायस्थ र पश्चिमाञ्चल सभापति विनोद श्रेष्ठ छन् । ३ उपाध्यक्ष, महासचिव, उप-महासचिव र कोषाध्यक्षको गरी बाँकी ६ पदमा भने वैशाख २८ गते आईतबार बस्ने नव निर्वाचित कार्यसमितिको बैठकले चयन गर्नेछ ।

 

 

कार्यसमिति सदस्य अशोक शर्मा र मधुसुदन प्रधानमध्ये एक जना महासचिव पदमा तानिने सम्भावना रहेको बुझिएको छ । चलचित्र संघको ४२ औ वार्षिक साधारण सभालाई मुख्य सचिव लिलामणी पौडेलले दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । मुख्य सचिव पौडेलले भने, ‘सहकार्य गर्न सकेमा फिल्म क्षेत्र फस्टाउन सक्ने क्षेत्र हो । फिल्म क्षेत्रलाई सहयोग गर्न सरकार तयार छ ।’

 

 

त्यस्तै दोश्रो संविधान सभाको निर्वाचनमा एमालेबाट निर्वाचित हल सञ्चालक रामवीर मानन्धरले संविधानमा फिल्म क्षेत्रको हक हितको पक्षलाई उठाउने बताए । संघले संविधान सभा सदस्य मानन्धर सहित अन्यलाई कदर पत्र समेत प्रदान गरेको थियो ।