Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वयम्भूमा `एउटा साथी`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/09

झण्डै चार महिनाको ब्रेक पश्च्चात आन्तरिक विवादमा अल्झिएको फिल्म ‘एउटा साथी’ को छायाँकन सुरु भएको छ । वैशाख २५ गते काठमाण्डौस्थित स्वयम्भुबाट फिल्मको दोश्रो चरणको छायाँकन सुरु गरिएको निर्देशक लक्ष्मण सुवेदीले जानकारी दिए ।

 

अभिनेत्री अनु शाह र कलाकार जोन तामाङले दोश्रो चरणको छायाँकनको टेक लिए । २ दिन काठमाण्डौको छायाँकन पश्चात ‘एउटा साथी’ युनिट वैशाख २७ गते मोफसलतर्फ जाँदैछ । सौराह, नारायणघाट, हैटौंडा र कुलेखानीमा ‘एउटा साथी’ को करिब एक साता छायाँकन हुनेछ । मोफसल पछि काठमाण्डौमा पुनः फिल्मको एक साता छायाँकन हुनेछ । २ सातामा ‘एउटा साथी’ को सबै छायाँकन समाप्त हुनेछ ।

 

प्रारम्भिक निर्माता निर्देशक शोभित बस्नेतलाई रामचन्द्र खनालले रिप्लेस गरेका छन् । फिल्ममा अब पुरै लगानी खनालकै हुनेछ । टंक बुढाथोकीको संगीत रहेको फिल्ममा जोन तामाङ, सलोन बस्नेत, अनु शाह, रिस्ता बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ लगायतको मुख्य अभिनय छ । फिल्मलाई दशैं अगाडी रिलिज लक्ष्य रहेको निर्देशक लक्ष्मण सुवेदीले बताए ।