Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

जेठको दोस्रो साता भित्र हमालको बिहे पक्का : अरु क-कसले गरे बिहे ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/09

अभिनेता राजेश हमालको बिहे होला या नहोला ? यो आम नेपाली समुदायमा उठेको अन्यौलताको प्रश्न हो । अब भने यो अन्यौलताको अन्त्य हुनेछ । हो, अभिनेता हमालको बिहे हुने पक्का भएको छ । आउँदो जेठ दोश्रो साताको कुनै मितिमा प्रेमिका मधु भट्टराईसँग राजेशले लगन गाँठो कस्नेछन् ।
 

यही वैशाख ३१ गते राजेशले मधुको परिवारसँग विहेको औपचारिक प्रस्ताव राख्नेछन् । राजेशको बिहे तयारीका लागि अमेरिकाबाट दिदि बहिनीहरु आउनेक्रम सुरु भैसकेको छ । यतिबेला राजेश निवासमा विहेको अन्तिम तयारी भईरहेको छ । हमालले केहि दिन अगाडी मात्र औपचारिक रूपमा मधुको तस्विर सार्वजनिक गरेका थिए ।

 

पाका अभिनेता हमालको बिहे तयारी भैरहँदा वैशाख २५ को साइतमा अन्य फिल्मकर्मीले भने लगन जुराएका छन् । कलाकार राजन घिमिरेले वैशाख २५ आफ्नी प्रेमिकाको सिउँदो सजाए । काठमाण्डौ सम्पन्न राजनको बिहेमा सर्कलका फिल्मकर्मी सहभागी थिए ।

 

त्यस्तै फिल्म ‘हाम्री चेली’ को अभिनेत्री अन्जु निर्रौलाले पनि वैशाख २५ मै लगनगाँठो कसिन् । व्यस्त छायाँकार पुरुषोत्तम प्रधानले भने वैशाख २५ मा फेसन डिजाइनर अनु श्रेष्ठसँग सुपारी साटासाट गरे । पुरुषोत्तम र अनुको बिहे भने वैशाख २७ मा सम्पन्न हुनेछ । बिबाह बन्धनमा बाँधिएका र मिति तोकेर बिहेको तयारीमा रहेका सबैलाई नयाँ जिन्दगीको शुभकामना !