फिल्म प्रदर्शनमा नआएसम्म यसै भन्न सकिदैन । फिल्म फल्प या हिट ? प्रदर्शन पश्चात निर्धारण हुने कुरा हुन् । एकाध फिल्मका मात्रै अनपेक्षित व्यापार हुन जान्छन् । फिल्म ‘आवरण’ का निर्माता अनिल योञ्जनले भने फिल्ममा लगाएको लगानी नेपाल प्रदर्शनबाटै सुरक्षित हुने आशा व्यक्त गरेका छन् ।
‘आवरण’ बाट पहिलो पटक फिल्ममा लगानी लगाएका निर्माता योञ्जनले भने, ‘फिल्म चलिरहेको अवस्था छ । हाम्रो फिल्म पनि चल्ने आशा छ । नेपाल रिलिजबाटै ‘आवरण’ को लगानी उठ्ने आशा छ ।’ ‘आवरण’ को लगानी उच्च छैन ।
सुवास कोइराला निर्देशित ‘आवरण’ आउँदो जेठ २ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेत्री प्रियंका कार्की, अनुभव रेग्मी र दिव्य देवको मुख्य भूमिका छ । ‘आवरण’ सस्पेन्स थ्रिलर फिल्मको हो । निर्माताको आशा अनुरुप नै ‘आवरण’ ले आफ्नो लगानी उठाउला त ?

