Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पाठक र पौड्यालले भने, `विशेष साधारण सभा गर्`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/09

चलचित्र निर्देशक समाजमा देखिएका समस्याहरुको समाधान गरी समाजलाई एक ढिक्का बनाएर अगाडी लैजान वर्तमान नेतृत्वलाई पूर्व सल्लाहकारद्धय केपी पाठक र नरेश पौड्यालले ध्यानाकर्षण गराएका छन् । यसको लागि समाजका अध्यक्ष दिनेश डिसीले विशेष साधारण सभा बोलाउनु पर्ने पूर्व सल्लाहकारद्धयको माग छ ।

 

सामुहिक रुपमा अपिल गरिएको पत्रमा उल्लेख गरिएको छ, ‘बिभिन्न खाले असन्तुष्टिहरु जनाउँदै ५० प्रतिशत कार्य समिति पदाधिकारी तथा सदस्यज्युहरुले राजिनामा दिएको बिषम परिस्थितिको समाधान लोकतान्त्रिक प्रक्रियाबाट खोजियोस् भन्ने हामी सल्लाहकारहरुको चाहना रहेको अवस्थामा कुनै पनि छलफल र पूर्व जानकारी बिना नै हामीलाई समाजको सल्लाहकारबाट हटाइएको जानकारी पाउँदा हामी अत्यन्तै अचम्मित भएका छौं ।’

 

अन्य कार्य समिति पदाधिकारीको राजिनामालाई स्विकार गर्दै अध्यक्ष डिसी पक्षको कार्य समितिले पाठक र पौड्याललाई सल्लाहकार पदबाट समेत हटाइसकेको छ । फिल्म निर्देशकहरुको पेशागत मर्यादा, हक अधिकारका लागि संस्थागत फाइदालाई केन्द्रमा राख्नुको सट्टा संस्थालाई अकर्मण्यतातर्फ लैजादै फुटको वातावरण सृजना गर्ने जो कोहीबाट भएता पनि दुर्भाग्यपुर्ण रहेको पाठक र पौड्यालले अपिल पत्रमा उल्लेख गरेका छन् । उनीहरुले निर्देशक समाजको वर्तमान परिस्थितिलाई लिएर प्रेसमिटको समेत आयोजना गरेका थिए ।