Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युरोपमा अवार्ड गर्नेको प्रतिश्पर्धा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/07

केहि समय अगाडी मात्रै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले 'इनास फिल्म अवार्ड'को दोस्रो संस्करण नेदरल्याण्डमा सम्पन्न गर्यो । यहि संस्थाको प्रतिश्पर्धी मानिएको अन्तर्राष्ट्रिय कलाकार मंच यूरोपले पनि फिल्म अवार्ड गर्ने घोषणा गरेको छ ।
 

'हाम्रो अभियान कलाकर्मीलाई बिश्वव्यापी पहिचान र सम्मान' को नारा सहित अन्तर्राष्ट्रिय कलाकार मंच यूरोपले सन् २०१५को सेप्टेम्बर महिनामा अवार्ड वितरण गर्ने घोषणा गरेको हो । कुल १५ बिधामा अवार्ड वितरण गरिने आयोजकले जनाएको छ । बेल्जियममा एक समारोहका विच वितरण गरिने अवार्डको बिधाहरूको नाम भने उल्लेख गरिएको छैन ।