Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चलचित्र संघमा नकिमलाई अध्यक्ष बनाईंदै

फिल्मीखबर, काठमाण्डौ, 2014/05/07

चलचित्र संघको अध्यक्ष पद नकिम उद्धिनलाई दिने आन्तरिक सहमति भएको छ । यसअघि अध्यक्ष पदमा सुनिल मानन्धर र हालका महासचिव प्रदीप उदय भिड्ने तयारी थियो ।


सहमति अनुरुप सुनील मानन्धरले आफ्नो उम्मेदवारी घोषणा स्थगित गर्ने निर्णय गरेका छन् । क्यूएफएक्स हलका सञ्चालक नकिमलाई सर्वसम्मतले अध्यक्ष बनाईने सल्लाह भएपछि सुनिलले अध्यक्ष पद छोडेको बताईन्छ । सुनिल प्रदीपको बिपक्षमा भिड्न लागेका थिए ।

 

यता हालमा महासचिव प्रदीप उदयले अब भने चलचित्र संघको कुनै पदममा नबस्ने निर्णय लिएको बुझिएको छ । संघको ४२ औँ अधिवेशन आगामी २७ गते शनिबार हुँदैछ जहाँबाट नयाँ कार्यसमिती चयन हुनेछ ।