अभिनेत्री करिश्मा मानन्धर एक नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । ‘कान्छी मट्याङ ट्याङ’ नामक फिल्ममा अभिनेत्री मानन्धर महत्वपूर्ण भूमिकामा देखिने भएकी हुन् । ‘कान्छी मट्याङ ट्याङ’ लाई कलाकार पुरन थापाले निर्देशन गर्नेछन् ।
फिल्मको कथा र आफ्नो भूमिका राम्रो भएकाले आफु उक्त फिल्म खेल्न राजी भएको अभिनेत्री मानन्धरले बताइन् । फिल्मीखबरसँग उनले भनिन्, ‘फिल्मको कथा सरल लाग्यो । कथा र रोल चित्त बुझेर फिल्म खेल्न राजी भएकी हुँ ।’ एक टेलिभिजन अन्र्तवार्तामा करिश्माले आमाको भूमिका नगर्ने बताएकी थिइन् । यद्पी करिश्माले आमाको भूमिका निभाएको ‘वान वे’ फिल्म प्रदर्शनको पर्खाइमा छ ।
‘कान्छी मट्याङ ट्याङ’मा भने आफ्नो भूमिका आमाको नरहेको करिश्माले प्रस्ट्याइन् । करिश्माको ‘कान्छी मट्याङ ट्याङ’ लाई दिलाशा क्रियशनले निर्माण गर्दैछ । जय किशन बस्नेत, पूरन थापा लगायतको अभिनय रहने कमेडी श्रेणीमा राखिएको यो फिल्मको आउँदो जेठको पहिलो सातादेखि छायाँकन सुरु हुनेछ ।

