Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

झरनाकी छोरी बन्लिन् त हिरोइन ?

फिल्मीखबर, काठमाण्डौ, 2014/05/06

आफ्नो पहिलो निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’मा अभिनेत्री झरना थापाले आफ्नै छोरी सुहानीलाई किन हिरोइन बनाउन चाहिनन् ? उनी भन्छिन्, ‘छोरीलाई अभिनयमा ईच्छा नै छैन ।’ ए लेभलको अन्तिम वर्षको अध्ययनमा रहेकी आफ्नी १७ वर्षिय छोरीको इच्छा पाइलट बन्ने रहेको झरनाले सुनाइन् ।

 

श्रीमान सुनिल कुमार थापा र छोरी सुहानीसँग अभिनेत्री झरना थापा ।

 

झरनाले भनिन्, ‘छोरीलाई नाच्ने गाउनेमा त्यस्तो चाहना छैन । ऊ आफ्नो पढाई राम्रोसँग पूरा गर्ने उद्धेश्यमा छ ।’ थप पढ्नका लागि छोरी यसै वर्ष बाहिर देश योजनामा रहेको झरना बताउँछिन् । पढाई पूरा भएपछि भने छोरी फिल्म क्षेत्रमा आउन सक्ने सम्भावना रहेको झरनाले बताइन् । छोरी हिरोइन बन्ने सम्भावनाको बारे झरनाले भनिन्, ‘ऊ पाइलट बनेपछि मात्रै हिराइन बन्छे ।’

 

झरनाकी छोरीलाई पाइलटको अध्ययन पूरा गर्न पाँच वर्ष जसो लाग्नेछ । ५ वर्षपछि के झरनाकी छोरी बन्लिन् त हिरोइन ? भनिन्छ, ‘कलाकारको सन्तानले गर्भमै अभिनयको कक्षा लिन्छन् ।’ जन्मदा उनीहरु परिपक्व कलाकार भैसकेका हुन्छन् । त्यसैले कलाकारका सन्तानलाई अभिनयको क्षेत्रमा आउन कुनै आइतबार पखर्नु पर्दैन ।

 

कलाकारका अभिनय क्षेत्रमा होमिने परिपाटीले विशेष गरी बलिउडमा जरो गाडेको छ । नेपालमा पनि यो परिपाटी केही मात्रामा देखिन्छ । तर, कलाकारका सन्तानले आफ्ना अभिभावकको बिंडो थाम्न भने मुस्किल परिरहेको वर्तमान अवस्था छ । त्यसैले झरनाले आफ्नी छोरीलाई फिल्म क्षेत्रमा ल्याउन नचाहेकी त हैनन् ?

 

अभिनेत्री झरना थापा आफ्नो समयकी सफल अभिनेत्री हुन् । लगभग एक सय नजिक नेपाली फिल्मकी अभिनेत्री थापाले दर्जन बढी हिट फिल्म दिएकी छिन् । अभिनयपछि अब झरना फिल्म निर्देशनमा जुटेकी छिन् । आफ्नै अभिनय एवं लगानी रहेको ‘ए मेरो हजुर’ को शिर्षक दोहोर्याएर झरना निर्देशक बन्दैछिन् । ‘ए मेरो हजुर २’ भदौमा छायाँकन थाल्ने गरी सेटिङ चल्दैछ ।