Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गैंडाको `चकलेट` गफ

फिल्मीखबर, काठमाण्डौ, 2014/05/06

निर्माता एवं कलाकार निर्मल शर्मा निर्देशनमा फिल्म ‘चकलेट’ को निर्माण हुँदैछ । अभिनेत्री पूजना स्त्रीको लगानीमा टेलिफिल्म ‘तीतो सत्य’ का गैंडाले पहिलो पटक फिल्म निर्देशन गर्ने भएका हुन् ।

 

थुप्रै म्युजिक भिडियो तथा विज्ञापनका निर्देशक शर्माले फिल्मीखबरसँग भने, ‘अवार्ड जित्न या तामझाम गर्न मैले फिल्म निर्देशनमा हात हाल्न खोजेको होइन ।’ उसो भए फिल्म निर्देशन केका लागि त ? गैंडाले भने, 'निर्माताको लगानी सुरक्षित गरेर दर्शकलाई मनोरञ्जन दिन मैले फिल्म निर्देशनमा हात हालेको हुँ ।’

 

निर्देशक शर्माले ‘चकलेट’ लगानी निर्माण अघि नै ६० प्रतिशत माथि उठिसकेको बताए । उनले भने, ‘६ वटा जति देशमा 'चकलेट'को प्रदर्शन अधिकार बिक्री भैसकेको छ ।’ शर्माले ‘चकलेट’ नै आफ्नो पहिलो र अन्तिम फिल्म हुन सक्ने समेत बताए ।

 

०७१ सालको आगमनसँगै छायाँकन गर्ने भनिएपनि आन्तरिक कारणले गर्दा ‘चकलेट’ अझै फ्लोरमा जान सकेको छैन । बुझिए अनुसार अमेरिकामा रहेका अभिनेता राजवल्लभ कोइरालालाई पर्खंदा ‘चकलेट’को छायाँकन सुरु हुन नसकेको हो । ‘चकलेट’ मा निर्मात्री स्त्रीसँगै अन्य नव कलाकारको अभिनय रहने बताइएको छ ।