Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

धरानमा डल्लीको स्वागत

अर्पण ढकाल, धरान, 2014/05/05

दोस्रो सातामा प्रदर्शन भैरहेको फिल्म 'नोभेम्बर रेन'ले दर्शकको उत्साहजनक साथ पाइरहेको छ । यहि उत्साहको बिचमा फिल्मका निर्माता सुवास गिरी र अभिनेत्री छुल्ठिम गुरुङ पूर्वान्चल दौडाहामा निस्किएका छन् ।

 

 

 

निर्देशक दिनेश राउत पश्चिमको दौडाहा सकेर काठमाडौँ फर्कन साथ निर्माता र अभिनेत्री पूर्व आएका हुन् । फिल्म प्रोमोशनको क्य्याम्पियन अन्तर्गत आज उनीहरुले धरानका दर्शकसँग बसेर फिल्म हेरे अनि सकारात्मक प्रतिक्रिया समेत बटुले । धराने दर्शकले गणेश टाकिजमा फिल्मको टिमलाई भब्य स्वागत समेत गरेका थिए ।

 

फिल्ममा डल्लीको भूमिकामा प्रस्तुत भएकी छुल्ठिमलाई 'डल्ली रक्स' भनेर दर्शकले हुटिंग समेत गर्न भ्याए । फिल्मको ६० प्रतिशत छायांकन धरानमै गरिएकोले पनि डल्लीलाई धरानेले साथ दिएका हुन् । धराने युवतीको रोलमा प्रस्तुत भएकी छुल्ठिम दर्शक माझ आकर्षणको केन्द्र बिन्दु बनेकी थिइन् ।

 

टिभीको बूम समातेर आँफै प्रतिक्रिया लिएकी छुल्ठिमसँग फोटो खिच्ने र अटोग्राफ लिनेको भिड हलमा जम्मा भएको थियो । फिल्ममा धराने बोलचाल र भेषभूषामा प्रस्तुत भएर उत्कृष्ट अभिनय गरेकोमा दर्शकले उनलाई बधाई दिएका थिए । यी सबै कुरा नियालिरहेका निर्माता सुवास गिरी पनि हर्षित देखिन्थे ।

 

पूर्व दौडाहा अन्तर्गत भोली दमकको दमक चित्र मन्दिर र निलकण्ठ चित्र मन्दिरमा फिल्मको प्रोमोशन गरिने निर्माता गिरीले जानकारी गराए । यस्तै बिर्तामोडको कृष्ण टाकिजमा गएर दर्शकसँग बसेर फिल्म हेर्ने कार्यक्रम पनि तय गरिएको उनले बताए । फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ पनि मुख्य भूमिकामा छन् ।