Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(14 votes, avg 4.86/5.00)
Text size:-
+
-

बिहे प्रस्ताव आउँदा नम्रताले भनिन्- `थ्याङ्क्यू !`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/05

अभिनेत्री नम्रता श्रेष्ठलाई शुभचिन्तकले बिहेको प्रस्ताव राखेका छन् । लेख मार्फत 'नोभेम्वर रेन' अभिनेत्रीले उक्त रहस्यको पर्दा खोलेकी हुन् । नम्रताले फ्यानसम्बन्धी लेखेको लेख अन्नपूर्ण दैनिकमा प्रकाशित भएको छ ।


'तपाईलाई बच्चैदेखि मन पराउँछु । तपाईका अहिलेसम्मका सबै फिल्म हेरेको छु । आइ लभ यु, विवाह गर्रौ' भनेर केही फ्यानले भन्ने गर्छन्', अभिनेत्री नम्रता श्रेष्ठले आफ्ना प्रशंसकका बारेमा लेखेकी छिन्, 'यस्ता प्रस्तावलाई 'थ्याङक यू' भन्ने जवाफ दिन्छु ।' प्रशंसकको प्रेम प्रस्ताव आउन भ्यालेनटाइन डे पर्खनु नपर्ने नम्रताले बताएकी छिन् । उनले भनेकी छिन्, 'मलाई जुनसुकै समयमा प्रेम प्रस्ताव आइरहेकै हुन्छ ।'


प्रेम प्रस्ताव राख्नेदेखि आफ्नो फिल्मको पूरै कथा सुनाउनेसम्म आफ्नो प्रशंसक रहेको नम्रताले बताएकी छिन् । नम्रताले भनेकी छिन्, 'आफ्नो फिल्मको भूमिका आफैंले बिर्सिसकेको हुन्छ तर फ्यानलाई सबै थाहा हुन्छ । मेरो नयाँ फिल्म प्रदर्शन हुने समयमा प्रवद्र्धनमा साथ दिन्छन् ।' कुनै प्रशंसकले फिल्म हेरेर अभिनयको पनि सल्लाह दिने गरेको नम्रताले बताएकी छिन् ।