फिल्म खेल्ने सम्भावनालाई मिस नेपाल सुविन लिम्वुले नकारेकी छिन् । सन् २०१४ की मिस नेपाल सुविनले आफुलाई अभिनयमा कुनै रुची नभएको बताएकी हुन् ।
एक दैनिक पत्रिकासँगको कुराकानीमा सुविनले भनेकी छिन्, 'मलाई अभिनयमा कुनै रुचि छैन । विजनेश क्षेत्रमा जाने विचार छ ।' सिम नेपाल तथा अन्य सौन्दर्य प्रतियोगीतालाई मोडलिङ तथा फिल्म क्षेत्रमा ढोका खोल्ने गतिलो माध्यमका रुपमा लिइन्छ ।
रुवी राणा, झरना बज्राचार्य, माल्भिका सुब्बा, मलिना जोशी लगायत मिस नेपाल नेपाली फिल्ममा देखिएका अनुहार हुन् । तर, नेपाली फिल्मम मिस नेपालको आगमन सुखद हुन सकिरहेको छैन । नेपाली फिल्ममा मिस नेपालको फितलो उपस्थिति देखेरै सुविनले फिल्मप्रति रुचि नभएको बताएकी त हैनन् ?

