मोडल हेमा श्रेष्ठ 'हँसिया' फिल्म मार्फत रजतपटमा अभिनेत्रीको रुपमा डेव्यु गर्दैछिन् । 'हँसिया'मा हेमाले एक्सन लेडीको भूमिका निभाएकी छिन् । हेमासँगै अभिनेता राजेश हमाल पनि फरक गेटअपमा प्रस्तुत भएका छन् ।

'हँसिया'का लागि हेमाले ६ महिना भन्दा बढि समय एक्सन ट्रेनिङमा बिताईन् । अभिनेता हमालले आफ्नो जुल्फी कपाललाई छोटो बनाए । त्यतिमात्र हैन लण्डनमा पुगेर प्रिमियरमा सहभागीता जनाउँदै फिल्मको प्रचार प्रसार गरे ।
हमाललाई फिल्मको प्रचारमा जुटाउन जो कोहीलाई हम्मेहम्मे पर्छ । आफ्नो करियरको महत्वपूर्ण फिल्म भएको प्रतिक्रिया दिंदै हमालले 'हँसिया'को प्रचारमा हिडेको बताएका छन् । आगामी दिनमा पनि प्रचारप्रसारमा खुलेर लाग्ने हमालको भनाई छ ।
लण्डनमा दर्शकसँगै बसेर फिल्म हेरेका हमाल नेपालको रिलिजलाई लिएर उत्साहित छन् । उनले लण्डनमा दर्शकले फिल्म मन पराईदिएकोमा खुसी समेत व्यक्त गरेका छन् । निर्देशक मिलन चाम्सको त हमालले खुलेरै प्रशंशा गरेका छन् । उनले यसअघि यहि फिल्मका छायाँकारको खुलेर प्रशंशा गरेका थिए ।
लण्डनबाट 'हँसिया' धारिलो रहेको प्रतिक्रिया आईसकेको छ । नेपालमा भने यो फिल्म धारिलो हुन्छ कि भुत्ते ? जेठ ९ गतेसम्म कुर्ने कि !

