जेष्ठ १६ गते रिलिज हुन लागेको फिल्म 'मुखौटा'को ओेसटी रिलिज गरिएको छ । भुपेन्द्र खड्काको शब्द रहेको प्रस्तुत गीतमा कल्याण सिंहको संगीत रहेको छ । स्वर भने फिल्मका निर्माता रबिन श्रेष्ठले दिएका छन् । रबिनसँगै यम बुद्ध र दि सिङ व्याण्डलाई पनि भिडियोमा फिचर गरिएको छ ।
‘मुखौटा’ मा राजेश हमाल, सुनिल थापा, रविन तामाङ, सौगात मल्ल, दयाहाङ राई, निशा अधिकारी, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्रकारको मुख्य भूमिका रहेको छ । अर्पण थापा निर्देशित माफियाको फिल्म ‘मुखौटा’ प्रतिक्षित छ ।

