Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुरज घाईते भएपछि रोकियो `जंगे`

रेम बिक, पोखरा, 2014/05/04

नेपाली फिल्म 'जंगे'को सुटिङको क्रममा नायक सुरजसिंह ठकुरी घाईते भएका छन् । स्टन्ट दृश्यको क्रममा उनको खुट्टा ड्यामेज भएको हो । फिल्मको मुख्य नायक नै घाईते भएपछि उनको उपचार पूरा नहुञ्जेलका लागि 'जंगे'को सुटिङ रोकिएको छ ।

 

 

'एउटा खुट्टाको भित्री मासु च्यातिएको छ भने अर्कोको भित्री हड्डीमा चोट परेको छ', निर्माता सुशन प्रजापतीले भने, 'डाक्टरले एक महिना आराम गर्नुपर्ने सल्लाह दिनुभएको छ ।' विरगंजमा सुटिङ गर्दै गर्दा ठकुरी घाईते भएपछि बाँकि १० प्रतिशत सुटिङ रोकेर युनिट काठमाण्डौ फर्केको निर्माता तथा सिनेम्याटोग्राफर सुशन प्रजापतिले जानकारी दिए ।

 

विरगंजमा छायांकन गरिएको 'जंगे'लाई उत्कल थापाले निर्देशन गरिरहेका छन् । बाँकि दृश्यहरु पनि विरगंजमै छायाँकन गरिने निर्माणपक्षले जानकारी दिएको छ । ऐतिहासिक शिर्षक राखिएको फिल्ममा सुरजसंगै अनुप बराल, ऋचा शर्मा, जोयस पाण्डे, सुशिलराज पाण्डे, शुशांक मैनाली, शिखा शाही लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।