नेपाल अफ्रिका फिल्म फेस्टिवलको चौथो संस्करण आयोजना हुने भएको छ । आउँदो जेठ ६ देखि ८ गतेसम्म राजधानीको रसियन कल्चरल सेन्टरमा उक्त फेस्टिभल आयोजना हुनेछ । पहिलो संस्करणदेखि नै आयोजना गर्दै आएको कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन ‘सिजेएमसी’ ले चौंथो संस्करण पनि आयोजना गर्दैछ ।

तीन ३ सम्म सञ्चालन हुने फेस्टिभलमा सिनेगलको 'टुकी बुकी', युगान्डाको 'दि ग्रिन ड्रिम', घानाको 'दि ग्रुम्स ब्राइड', नाइजेरियाको 'मदर अफ जर्ज', मोरक्कोको 'ल इन्फेन्ट इन्डर्मी', साउथ अफ्रिकाको 'वीनी मण्डेला', कंगोको 'वार वीच' र 'ल इन्भी लुष्ट' फिल्मलाई देखाइनेछ र त्यस्तै नेपाली फिल्मतर्फ डब्बु क्षेत्री निर्देशित ‘राहदानी’ र समन अधिकारी निर्देशित ‘हिउँ चितुवा’ लाई देखाइनेछ ।
अफ्रिका र नेपाल बिच साँस्कृतिक पक्षको आदान प्रदान तथा दुई देशबिचको सम्बन्ध प्रगाढ बढाउन फेस्टिवल आयोजना गरिएको आयोजक पक्षको भनाई छ । शिक्षा मन्त्री चित्रलेखा यादव, युगान्डाका डिन प्रोफेसर आरोन, फिल्म निर्देशक डोमीनीक लगायतक नेपालका विशिष्ट फिल्मकर्मीले चौंथो संस्करणको नेपाल अफ्रिका महोत्सबको उदघाटन गर्नेछन् ।

