Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ड्राइभर बन्दै सौगात

फिल्मीखबर, काठमाण्डौ, 2014/05/03

अभिनेता सौगात मल्ल ड्राइभर बन्ने भएका छन् । फिल्म ‘फन्को’ मा अभिनेता मल्लले जिप ड्राईभरको भूमिका निभाउने भएका हुन् । फिल्मी पात्रको लागि एक साता जिप चलाउने अभ्यास समेत लिएको सौगातले बताए ।


फिल्मीखबरसँग सौगातले भने, ‘७ दिनको तालिम पछि हल्का जिप चलाउने सक्ने भएको छु ।’ सौगातले फिल्ममा पहिलो पटक ड्राइभरको भूमिका निभाउँदैछन् । सुवर्ण थापाले निर्देशन गर्ने ‘फन्को’ मा अभिनेता दयाहाङ राईले राजनीतिक कार्यकर्ता र अनुप बरालले ठेकेदारको भूमिका निभाउँदै छन् । त्यस्तै अभिनेत्री प्रियंका कार्कीले ‘फन्को’ फिल्ममा लोक गायिकाको भूमिका निभाउँदै छिन् भने अभिनेत्री केकी अधिकारीको भूमिका गृहिणीको हुनेछ ।

 

नरेन्द्र महर्जन, सहदेव गौतम र पदम गुरुङको संयुक्त लगानी रहने ‘फन्को’ को वैशाख २० गते चावाहिलस्थित गणेश मन्दिरमा शूभ मूर्हत गरियो । मूर्हतमा अभिनेत्रीद्धय प्रियंका र केकी उपस्थित भएनन् । यसअघि ‘सुनगाभा’ मा समलिङ्गी युवतीको कथालाई पस्केका निर्देशक थापाले ‘फन्को’ मा भने पैसाको पछि लाग्नेहरुको कथालाई पस्कदैछन् । ‘फन्को’ कर्मसियल फिल्म रहेको निर्देशक थापाले बताए ।


‘फन्को’ यूनिट मूर्हतकै दिन पोखरातर्फ लागेको छ । फिल्मको पूरै छायाँकन पोखरादेखि काठमाण्डौसम्म जोडिने सडकमा गरिनेछ । फिल्मको छायाँकन समय तीस दिनमा सक्ने लक्ष्य छ । ‘फन्को’ मा कविराज गहतराजको नृत्य निर्देशन एवं चेतन सापकोटाको संगीत रहनेछ । द्धन्द्ध निर्देशन चन्द्र पन्तको हुनेछ ।