Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`म हिरो होईन तर व्यवसायिक कलाकार हुँ` : गोपाल अर्याल

रेम बिक, पोखरा, 2014/05/03

डेडलक कपाल । अनुहारमा झुस्स दार्‍ही । खुलेर बोल्ने बानी । उपत्यकामा शुक्रबारबाट प्रदर्शनरत नेपाली फिल्म ‘वर्ल्ड कप इन नेपाल’का प्रमुख पात्र गोपाल अर्याल प्रचारप्रसारको क्रममा पोखरामा भेटिए । भेटपछि गफिँदै गर्दा उनले अगाडि थपे, ‘म फिल्मको नायक चाँहि होईन, तर प्रमुख पात्र चाहि हुँ ।’

 

अर्याल आफुलाई हिरो भन्न रुचाउँदैनन् । यद्यपी उनले आफ्नो परिचय भने व्यवसायिक कलाकारको रुपमा दिए । के छ त हिरो र कलाकारमा भिन्नता ? प्रश्नमा उनले केहि प्रस्ट्याउन खोजे, ‘हिरो बन्नलाई त राम्रो लुक्स र जिउडाल हुनुपर्‍यो नी ! तर, कलाकार हुनलाई कला भए पुग्छ ।’ हिरोले स्टाईल देखाउँछन् भने कलाकारले आफ्नो कला प्रदर्शन गर्छन् भन्ने उनको मान्यता रहेछ ।

राष्ट्रिय नाचघरमा विरेन्द्र हमालसँग अभिनय सिकेका अर्यालले धेरै नाटकहरुमा समेत अभिनय गरेका छन् । भन्छन्, ‘काठमाण्डौको कुनै त्यस्तो चौतारा र चोक खाली छैनन् होला जहाँ मैले अभिनय नगरेको होस् ।’

 

मञ्चमा देखाईने नाटक र विभिन्न रेडियो नाटकहरुमा उनले अभिनय गरेका छन् । त्यसपछि उनले फिल्ममा पनि काम गरे । शुरुवातमा उनले सहायक निर्देशनको पाटो समाउँदै फिल्ममा छिरेका हुन् । यद्यपी कलाकारिताको भूत सवार उनी निर्देशनमा मात्रै टिक्न सकेनन् ।



‘खाली नबसौँ भनेर मैले निर्देशन सहायकको काम गरेको हुँ, यद्यपी कलाकारिता नै मेरो लक्ष्य हो ।’ कुराकानीको क्रममा आफ्नो भित्री ईच्छा उनले लुकाएनन्–‘एक्टिङलाई नै मेरो मुल धर्म मान्ने गरेको छु ।’ उनले 'वर्ल्ड कप इन नेपाल' र आकाश अधिकारी निर्देशित पछिल्लो फिल्म ‘कोहिनुर’मा अभिनय गरेका छन् ।

 

'वर्ल्ड कप इन नेपाल'को प्रसंग चल्यो । उनले यो फिल्मलाई जीवनसँग निकै नजिक रहेको फिल्मको रुपमा लिन्छन् । ‘दैनिक जीवनसँग एकदम नजिक, त्यसैले मैले यस्तो भनेको हुँ ।’ उनले अगाडि थपे–‘दर्शकले आफ्नै परिवेश यो फिल्ममा पाउनेछन् ।’

फिल्ममा फुटबलको कथा प्रस्तुत गरिएको छ । नेपालमा पनि फुटबल खेलिन्छ । तर नेपाल कहिले फुटबलको वर्ल्ड कपमा पुग्ला ? भन्ने सपना साँचेका पात्रहरु नै यो फिल्मका मुख्य पात्र हुन् । खेलप्रति नेपाली समाजमो धारणा समेत यो फिल्ममा देखाउन खोजिएको छ ।

फिल्ममा अर्याल एउटा व्यवसायिक फुटबल खेलाडिको रुपमा देखिएका छन् । तर एउटा प्रतिभावान खेलाडिलाई संस्थागत राजनीति गरेर राष्ट्रिय खेल खेल्न नदिएपछि उसको फ्रस्ट्रेसन शुरु हुन्छ । त्यसपछि ऊ शहर छोडेर गाउँतर्फ लाग्छ । गाउँमा उसले फुटबल क्रान्ति गर्छ तर गाउँको समाजले फुटबल खेललाई झन् पचाउँदैन । खेल, खेलप्रति सामाजिक धारणा, खेलमा हुने राजनीति र खेलाडिको समस्यालाई फिल्मले विषय बनाएको छ ।

रामशरण पाठकले निर्देशन गरेको फिल्म ‘वर्ल्ड कप इन नेपाल’लाई मनिस पन्थले खिचेका हुन् । प्रकाश थापाको प्रस्तुतीमा बनेको फिल्मको निर्माता राम तामाङ हुन् । फिल्ममा उमेश थापा, सोनु केसी, गिरि प्रसाद पुन, शर्मिला शर्मा लगाएतका कलाकारहरुको समेत अभिनय रहेको छ ।