Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुबईमा `सत्य स्वरुप लाइभ`

फिल्मीखबर, काठमाण्डौ, 2014/05/02

यही मे ३० तारिखमा दुबईको मुसल्ला टावरस्थित बरदुईमा ‘सत्य स्वरुप लाइभ’ साँगीतिक कार्यक्रम हुने भएको छ । दुबईमा रहेको गैर आवसिय नेपाली संघ, अन्य नेपाली संस्था एवं नेपाली समुदायको तर्फबाट नेपाली क्रिकेटको विकासका लागि उक्त साँगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

 

 

दुबईमा हुने सत्य स्वरुप साँगीतिक कार्यक्रम बारे जानकारी दिन कार्यक्रमको सहकार्य गरिरहेको ओ. जेड. इभेन्ट्सले प्रेस मिट गर्यो । मुलुकमा क्रिकेटको लागि एउटा पनि स्तरीय क्रिकेट खेल मैदान नभएको अवस्थामा अन्र्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै त्यसका निमित्त सत्य स्वरुप साँगीतिक कार्यक्रमबाट संकलन भएको रकम सहयोग गर्ने समेत सहगोय गरिने बताइयो ।

 

कार्यक्रममा बोल्दै गायक सत्यराजले नेपालको क्रिकेट खेललाई प्रोत्साहन गर्ने हेतुले आफुहरुले कुनै पनि रकम नलिई सो कार्यक्रममा भाग लिन लागेको बताए । गायक स्वरुपराजले आफु क्रिकेटको निकै ठुलो फ्यान भएका कारण नेपाली क्रिकेट खेललाई माथि उठाउनका लागी आफ्नो तर्फबाट सहयोग गर्न लागेको बताए । साँगीतिक कार्यक्रम सत्य स्वरुपले आफ्ना चर्चित दर्जन गीत प्रस्तुत गर्नेछन् ।