Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

अक्षयकुमार नेपालमा

फिल्मीखबर, काठमाण्डौ, 2014/05/02

बलिउड अभिनेता अक्षय कुमार नेपाल आएका छन् । शिर्षक सार्वजनिक नगरिएको एक फिल्म सुटिङको लागि अभिनेता कुमार शुक्रबार नेपाल आइपुगेका हुन् । अक्षयको उक्त फिल्मलाई निरज पाण्डेले निर्देशन गर्नेछन् ।

 

फिल्म छायाँकनका लागि अभिनेत्री तपसी पन्नु पनि अक्षयसँगै नेपाल आइपुगेकी छिन् । उनले आफ्नो ट्वीटर मार्फत आफु नेपाल आएको जानकारी गराएकी हुन् । अक्षय कुमार फिल्म छायाँकनको लागि नेपाल आएको बताइएपनि उनको फिल्मको छायाँकन कहाँ र कहिलेदेखि भैरहेको छ भन्ने खबर गोप्य राखिएको छ ।

 

पछिल्लो समय नेपाली मुलमा भारतीय सेलिब्रेटीको आगमन बढेको छ । नेपाली नयाँ वर्षमा पोर्न स्टार बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आएकी थिइन् । सन्नीको नेपाल आगमन दोश्रो पटक थियो ।