Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डुबायो पापी पानीले

फिल्मीखबर, काठमाण्डौ, 2014/05/02

शुक्रबार परेको पानीले फिल्मको व्यापार चौपट भएको छ । वर्षातले गर्दा प्रदर्शनरत र प्रदर्शनमा आएका नयाँ फिल्मको व्यापार एकदमै न्यून रहेको रिपोर्ट छ । एक फिल्म वितरकले शुक्रबारको व्यापार बारे भने, ‘पानीले गर्दा शो ठप्प जस्तै भए । फिल्मको व्यापार चौपट छ ।’

 

वैशाख १९ बाट प्रदर्शनमा आएका दुई फिल्म ‘माया गर ल’ र ‘वल्र्ड कप इन नेपाल’ को सुरुवाती व्यापार पानी कै कारण न्यून रह्यो । फुटबल खेल्ने बाल मनोविज्ञानमा आधारित फिल्म र कलेजमा हुने माया प्रेमको फिल्म ‘माया गर ल’ वैशाख १९ गते प्रदर्शनमा आएका फिल्म हुन् । शुक्रबार पानीले चौपट पारेपनि शनिबार सार्वजनिक बिदाको दिनमा फिल्मको व्यापारमा सुधार आउने अपेक्षा गरिएको छ ।