Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो थियो `आमा`अभिनेत्रीको जवानी

फिल्मीखबर, काठमाण्डौ, 2014/05/01

नेपाली फिल्म ‘आमा’ को अभिनेत्री भुवन चन्दले शुक्रबार साप्ताहिक पत्रिकामा आफ्नो जवानीको अनुभव प्रकाशनमा ल्याएकी छिन् । अभिनेत्री चन्दको उक्त अनुभवलाई फिल्मीखबरले दुरुस्तै उतारेको छ ।

 

जवानीमा म न लज्जालु थिएँ, न फ्य्रांक थिएँ । अलि गम्किलो खाले बुझक्कड जस्ती थिएँ । धेरैसँग बोलचाल गरिहाल्न नखोज्ने । मेरो अनुहार हेर्दा, धेरै बोल्न डराउँथे । बोलचाल भैसकेपछि भने उनीहरु ‘हेर्दा मात्र कडा’ भन्दै नजिकिन खोज्थें ।

 

सानैदेखि कलाकारिता क्षेत्रमा आवद्ध भएँ । त्यतिबेला नाच्ने गाउने मान्छेलाई नराम्रो सोचिन्थ्यो । हुन त अहिले पनि धेरै राम्रो सोच्ने अवस्था छैन । तर, उतिबेला छोरी मान्छेलाई घरबाहिर निस्कनै मुस्किल पर्ने स्थिति थियो । तर, मेरो बुवा लगायत सबै परिवार बुझ्ने भएकाले समाजले जेसुकै ठानोस् भनेर आँट गर्न सकें ।

 

बुवा कलाकार भैरवबहादुर थापाकै कारण मलाई धेरैले सहयोग गरे । सजिलै धेरैको प्यारो बन्न सक्थें । मैले चार वर्षकै उमेरमा बालकृष्ण समले निर्देशन गरेको नाटकमा खेल्ने मौका पाएँ । त्यतिबेला समाज निकै सभ्य थियो । अहिलेको जस्तो शरीर देखाएर चर्चामा आउन कोही चाहन्थेन । अहिलेको जस्तो पछ्याउने केटाहरुपनि हुन्थेनन् ।

 

दर्शक, कलाकार सबै सभ्य थिए । सानैदेखि थालिएको अभिनय पेशा किशोर अवस्थामा हुँदै युवा अवस्थामा झन् तिखारियो । मलाई सधैं समयको अभाव भइ रहने । अभिनयसँगै गीत पनि गाउँथे । २०१८ सालमा बाह्र वर्षकै उमेर देखि राष्ट्रिय नाचघरमा जागिरे भएँ । यसरी मेरो जवानी व्यस्ततामै बित्यो ।