Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`सुटिङ गरिसकेको दृश्यमा मेरो आपत्ती छैन` : प्रियंका कार्की

फिल्मीखबर, काठमाण्डौ, 2014/05/01

अभिनेत्री प्रियंका कार्कीले आफूले सुटिङ गरिसकेको दृश्यमा कहिल्लै आपत्ती जनाउन नगरेको बताएकी छिन् । 'मेरो बेस्ट फ्रेण्ड'मा समावेश बलात्कारको दृश्यबारे आपत्ती जनाएको समाचार आएपछि फिल्मीखबरसँग कुरा गर्दै अभिनेत्री कार्कीले भनिन्, 'मन नपरेको कुरा सुटिङ पूर्व नै इन्कार गर्छु । बरू मिडियामा मेरो बारे जसरी खबर बहिरियो त्यसमा मेरो आपत्ती छ ।'

 

बलात्कारको दृश्य नहटाए पब्लिसिटीमा नआउने भन्ने खबरलाई प्रियंकाले यसरी जवाफ दिइन्, 'मैले कुनैपनि दृश्य हटाउन भनेकी छैन । अर्को कुरा समय मिलाएर पब्लिसिटीमा हिड्छु भनेकै छु । उहाँहरूले नै मलाई खासै वास्ता गर्नुभएको छैन । मैले बारम्बार पब्लिसिटीको बारेमा युनिटसँग चासो देखाईरहेकी छु र आफ्नो तर्फबाट प्रचारप्रसार पनि गरिरहेकी छु ।'

 

यता निर्देशक प्रशन्न पौडेलसहितको निर्माण टिमले भने प्रियंकाले समय नदिएको गुनासो गरिरहेको छ । जेठ २ गते रिलिज हुन लागेको 'आवरण' फिल्मलाई मात्र प्रियंकाले फोकस गरेको उनीहरूको आरोप छ । पब्लिसिटीका लागि 'आवरण' युनिटसँग प्रियंका देशदौडाहमा निस्कनु र 'मेरो बेस्ट फ्रेण्ड'का निर्देशक एक्लै पब्लिसिटीका लागि देशदौडाहमा निस्कनुले गर्दा पनि सम्बन्धमा तुसारपात देखिएको हो ।

 

अहिले 'मेरो बेस्ट फ्रेन्ट' युनिट पब्लिसिटी कम भएको र हल नपाउने छनक पाएको भन्दै रिलिज डेट सार्ने पक्षमा पुगेको छ । मिति तय नभएपनि यो फिल्म प्रियंकाकै 'आवरण'सँग या जेठ ९ गते 'हँसिया'सँग भिड्ने योजनामा छ । धेरै हल पाएको खण्डमा भने बैशाख २६ मा नै फिल्म रिलिज हुनेछ ।