पहिलो फिल्म 'स्वर'बाट असफल भएका निर्देशक प्रशन्न पौडेलले सफल फिल्मको सुचिमा 'मेरो बेष्ट फ्रेन्ड'ले नाम दर्ता गराउनेमा दुईमत नहुने बताएका छन् । गत बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा निर्देशक पौडेलले यसो बताएका हुन् ।
बैशाख २६ गतेबाट फिल्म 'मेरो बेष्ट फ्रेन्ड' प्रर्दशनमा आउने जानकारी दिंदै पौडेलले हेटौंडाका दर्शकहरुले फिल्मलाई माया गर्नेमा आफु बिश्वस्त रहेको बताए । अहिलेको आधुनिक प्रबिधीलाई भरपुर प्रयोग गरिएको र स्वादिलो मरमसलाले फिल्मलाई पकाईएकोले दर्शकहरुले स्वाद लिएर हेर्न सक्ने उनको भनाई थियो ।
पोखरा, दमौली, चितवन, हेटौंडा, जनकपुर लगायतका स्थानमा पुगेर फिल्मको बारेमा पब्लिसिटी गरेका पौडेलले भने, 'फ्रेन्डसिप र लभ भन्ने कुरालाई एउटा रेखाले छुट्याएको हुन्छ त्यो रेखा पार गर्दा कस्तो घटना निम्तिन्छ भन्ने कुरालाई फिल्ममा देखिने छ । फिल्ममा अभिनेता रेश मरहठ्ठा लोकल डनको नाईके भूमिकामा देखिने खुलाउँदै प्रशन्नले प्रियंका कार्की र केकी अधिकारीले दर्शकहरुलाई मनोरञ्जन दिने बताए ।

