Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

मोफसलका दर्शकले `वर्ल्ड कप इन नेपाल` हेर्न नपाउने

फिल्मीखबर, काठमाण्डौ, 2014/05/01

यहि शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म 'वर्ल्ड कप इन नेपाल' मोफसलमा रिलिज नहुने भएको छ । हल संख्या न्यून भएपछि मोफसल रिलिज स्थगित गरिएको निर्माण युनिटले जानकारी दिएको छ ।

 

काठमाण्डौ उपत्यकाका करिब एक दर्जन पर्दामा रिलिज हुने यो फिल्म मोफसलमा भने बैशाख २६ गते लाग्ने भएको छ । हाल 'नाईं नभन्नु ल २', 'नोभेम्बर रेन' र 'कबड्डी'ले हल ओगटेको हुनाले यो फिल्मले मोफसलमा हल नपाएको हो ।
 

प्रिमियरमा निकै रूचाईएको बाल मनोविज्ञानमा आधारित फिल्म 'वर्ल्ड कप इन नेपाल'लाई रामशरण पाठकले निर्देशन गरेका हुन् । प्रकाश थापा निर्मित फिल्ममा उमेश थापा, सोनु केसी, गिरी प्रसाद पुन, सर्मिला शर्मा, गोपाल अर्याल, संगम राई लगायतको मुख्य भूमिका रहेको छ ।

 

फिल्ममा एक युवाको फुटबल सपना, गाउँले स्कुले बच्चाहरुको फुटबल खेलेर देशको नाम उच्च बनाउने अकाट्य सपना र त्यस भित्रका पारिवारिक बाधा अड्चन तथा छुवाछुत प्रथालाई देखाउन खोजिएको छ ।