Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा निता र मुकेशले बजाए `धून`

रेम बिक, पोखरा, 2014/05/01

बिहीबार पोखरामा नेपाली फिल्म ‘धुन’को शुभमुर्हत भएको छ । बाराही मन्दिरमा मुर्हत गर्दै बिहीबारबाटै फिल्मको सुटिङ शुरू गरिएको छ । साँगीतिक फिल्म ‘धुन’को शुभमुर्हतमा निता ढुंगाना र मुकेश ढकालले सट दिएका थिए ।

 

मुर्हतको क्रममा पत्रकार शिव शर्माले नरिवल फोडे भने वितरक केदार पराजुलीले क्ल्याप ठोके । फिल्मलाई कृष्ण पौडेलले निर्देशन गर्दैछन् । पोखराको लागि २० दिनको सुटिङ तालिका छुट्टाईएको छ जहाँ फिल्मको ८० प्रतिशत सुटिङ हुनेछ । फिल्ममा निता र मुकेश सहित फिल्ममा जीवन लुईटेल र श्रेया दुलालको मुख्य भूमिका रहने छ । मुर्हतमा जीवन भने देखिएनन् ।

 

मालती शाह, सुशिल शाह, मधुसुदन ढकालले लगानी गर्ने फिल्मको निर्माण लागत ५० लाख रहने मुर्हतमा जानकारी दिईयो । कृष्ण आचार्यको कथामा बन्ने फिल्ममा लक्की सिटौलाले संगीत दिएका छन् ।