Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

धरानमा `आवरण`को चर्चा

अर्पण ढकाल, धरान, 2014/04/30

जेष्ठ २ गतेबाट देशभर रिलिज हुने फिल्म 'आवरण'को टिम यतिबेला देशदौडाहामा छ । नारायणघाट, बुटवल हुँदै धरान पुगेको युनिटले पत्रकार भेटघाटको आयोजना गर्दै फिल्मको बारेमा स्थानीय संचारकर्मीहरुलाई जानकारी गरायो ।

 

फिल्मको प्रोमोसनको लागि 'फन्को' फिल्मको सुटिङ तालिका मिलाउँदै अभिनेत्री प्रियंका कार्कीले धराने पत्रकारलाई फिल्ममा आफू बिल्कुलै फरक भूमिकामा प्रस्तुत भएको जानकारी गराईन् । फिल्मको प्रोमोश्नल गीत गाएको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा आफ्नो सानैदेखिको गायनप्रतिको रुचिलाई 'आवरण'मा पूरा गरेको प्रियंकाले बताईन् ।

 

'झोले' र 'नाईं नभन्नु ल २' गरि लगातार दुई सफल फिल्म दिएकी प्रियंकाले 'आवरण'बाट पनि सफलता पाउनेमा ढुक्क रहेको बताईन् । निर्देशक सुवास कोईरालाले उत्कृष्ट हरर फिल्म बनाउने प्रयास गरेको बताए । धरानपछि पोखरामा पत्रकार सम्मेलन गरि काठमाण्डौ फर्कने निर्देशकले सुनाए ।

 

अनिल योञ्जनको निर्माण रहेको फिल्ममा प्रियंका सहित दिब्य देव, सुशिलराज पाण्डे, अनुभव रेग्मीको समेत अभिनय रहेको छ ।