Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिरोइनको बर्थडेमा फिल्मको घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2014/04/30

कस्ट्यूम स्टाइलिस्ट पूनम गौतम अभिनेत्री पूजा शर्माकी दिदी हुन् । यस्तै निर्देशक सुदर्शन थापा पूजाको निकट साथी हुन् । त्यसैले होला यिनै अभिनेत्री पूजाको जन्मदिनको अवसर पारेर फिल्म 'अझै पनि'को औपचारिक घोषणा गरिएको ।

 

 

सुदर्शन र पूनमले मिलेर निर्माण गर्न लागेको फिल्म 'अझै पनि'को बुधबार निर्माणको घोषणा गरियो । पूजाको जन्मदिनको केक काटेसँगै सामाजिक कथामा फिल्म बनाउन लागेको घोषणा सुदर्शनले गरे । सुदर्शन यो फिल्मका अभिनेता समेत हुन् । फिल्मलाई आलोक नेम्वाङले निर्देशन गर्नेछन् ।

 

चार बर्षपछि फिल्म निर्देशनमा फर्किएका आलोकले आफ्ना  र सुदर्शनका पछिल्ला फिल्महरुमा मौलिकताको कमि देखिएको भन्दै 'अझै पनि'लाई पूर्ण  मौलिक फिल्म बनाउने बताए । यस फिल्ममा सुदर्शन र बर्थडे गर्ल पूजा सहित सुरक्षा पन्त, पुष्प खड्का, बिशाल ढुंगाना, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, बिजय लामा र रामशरण पाठक पनि देखिने छन् । निर्देशक समेत रहेका रामशरण यस फिल्मका लेखक पनि हुन् ।

 

 


बैशाख १९ गतेदेखि फिल्मको छायाकंन सुरु हुनेछ । ३५ दिनसम्म काभ्रेस्थली, चरिकोट र मुडेमा फिल्मको सुटिङ गरिनेछ । फिल्ममा हरि लम्साल, राजनराज सिवाकोटी,  सचिन सिंह र महेश खड्काको संगीत र कोरियोग्राफी स्वयम निर्देशक नेम्वाङको हुने छ । फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन् ।